logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गैरआवासीय नेपालीद्वारा जर्मनीस्थित फ्रयांकफर्टमा सीमा अतिक्रमणको विरोध


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- जर्मनीको फ्रयांकफर्टमा गैरआवासीय नेपाली संघलगायत विभिन्न नेपाली संघसंगठनले संयुक्तरुपमा भारतद्वारा नेपाली सीमा अतिक्रमणको विरोध गरेका छन। मंगलबार जर्मनमा रहेका गैरआवासीय नेपालीहरुले सीमा अतिक्रमणको विरोध जनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल ट्विटरमार्फत् दर्शाएका छन ।

यसअघि बेलायतलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुले सीमा अतिक्रमणको विरोध गरेका थिए।

भारतले हालै सार्वजनिक गरेको उसको नयाँ राजनीतिक नक्शामा कालापानीस्थित नेपाली भूभागलाई समेत आफ्नो नक्शामा समावेश गरेपछि देश भित्र र बाहिर त्यसको विरोध भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार