logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विहारको बालगृहमा नेपालका १० बालश्रमिक उद्धार


  • रासस
  • शुक्रबार, मंसिर २७ २०७६

पोखरा- भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ । सामाजिक अभियान्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका छन् ।

उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र दुई जना वीरगञ्जका रहेका छन् । उद्धार गरिएका मध्ये सात जना बालकलाई श्रमिकको रुपमा लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो भने तीन जनालाई नेपालबाट अपहरणकारीले अपहरण गरी भिख मगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभियान्ता रायले बताए ।

उद्धार गरिएका बालकहरु लालबन्दी नगरपालिका–२ जुटपानीका ११ वर्षीय वीरबल पासवान, चन्द्रनगर गाउँपालिका¬–२ का १७ वर्षीय गङ्गा माझी मुसहर, १५ वर्षीय वीरबहादुर सदा, १७ वर्षीय जनक माझी, १४ वर्षीय भोला माझी, वडा नं। ६ का १६ वर्षीय रामचन्द्र माझी, १५ वर्षीय स्नेही माझी र ईश्वरपुर नगरपालिका–११ का सीताराम माझी र वीरगञ्जका १० वर्षीय किशन पटेल, सोही ठाउँका ८ वर्षीय सदरेआलम नदाफ रहेका छन् ।

एक जना ठेकेदारले भारतको हरियाणा प्रान्तमा काम गराउन लैजाँदै गर्दा भारतीय प्रहरीले आफूहरुलाई उद्धार गरी बालगृहमा पु¥याएको चन्द्रनगर गाउँपालिका–२ का गङ्गा माझीले बताएका छन् । ठेकेदारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिनाभन्दा बढी समयदेखि बालकहरु सीतामढीको बालगृहमा बस्दै आएका थिए । त्यस्तै वीरगञ्जबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफूहरुलाई अपहरण गरेर लगेको वीरगञ्जका बालकहरुले बताएका छन् । रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफूहरुलाई पाण्डेले भारतमा लगेको उनीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार