राजनीति
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँ डाडाबाट दृश्यावलोकन गर्दै पर्यटक । मानहुँ डाँडा दृश्यावलोकनलागि केन्द्र बन्दै गइरहेको छ ।
तस्वीर :कृष्ण न्यौपाने
तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव दाहघाटसम्म जाने सिढी निर्माण थालिएको छ ।
उक्त वडाका २२ जनाले न्यूनतम रोजगारमा सङ्लग्न हुन निवेदन दिएकोमा १० जनालाई काममा खटाइएको रोजगार सेवा केन्द्रका प्रमुख प्रतिभा जिसीले जानकारी दिइन् । जिसीका अनुसार शुक्लागण्डकी नगरपालिका–२ मा रोजगार कार्यक्रममार्फत सामुदायिक भवन निर्माण शुरु भएको छ । उक्त भवन निर्माणका लागि ११ जनालाई खटाइएको छ ।