logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुस्ताङ गुरुङ समुदायले यसपटक एउटै थलोमा यार्तुङ मनाउने,के हो यार्तुङ मेला ?


  • सुन्दरकुमार थकाली
  • बिहिबार, साउन ९ २०७६

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्र बसोबास गर्ने गुरुङ समुदायले यसपटक एउटै थलोमा यार्तुङ मनाउने भएका छन्।

समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइको पवित्र धार्मिकस्थल मुक्ति क्षेत्रमा यसपटक यार्तुङ पर्वलाई बृहत महोत्सवका रुपमा मनाइने भएको छ। बरागुङका गुरुङ समुदायले सदियौदेखि यो पर्व मनाउँदै आएका छन्। परम्परागत यार्तुङलाई बृहत महोत्सवको रुपमा विकास गर्न गाउँपालिकाले अग्रसरता देखाएको हो।सुन्दरकुमार थकालीले आजको अन्न पुर्ण पोष्टमा लेखेका छन।

नेपाल भ्रमण वर्ष २०२० लक्ष्य गरी पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने उद्देश्यले परम्परागत यार्तुङलाई बृहत महोत्सवका रुपमा विकास गर्न लागिएको हो।

यस पटक गाउँपालिका भित्रका सबै गाउँलेले यार्तुङ महोत्सवमा सांस्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सभ्यता पस्कने छन्।मुस्ताङको मुक्तिक्षेत्रमा हुने यार्तुङ महोत्सव बर्सेनि जनैपूर्णिमा अवसरमा संञ्चालन हुनेगर्छ। यारको अर्थ हो बर्खा र तुङ अर्थ पर्व हो। खेतिपातीको सबै कामकाज सकेर आपसमा खुसी साट्ने पर्व हो यार्तुङ।

महोत्सवको मुख्य आर्कषण प्रतियोगी र अप्रतियोगी घोडा,स्थानीय खानाका परिकार, स्थानीय भेषभुषा, सेभेन ए फुटबल, तारो हान्ने खेल र विविधि सांस्कृतिक कार्यक्रम हुनेगर्छ।

महोत्सवमा नेपालका चर्चित कलाकार निम्त्याएर कन्सर्ट र सांस्कृतिक कार्यक्रम गरिने छ। आन्तरिक तथा बाह्य पर्यटन प्रर्वधनका लागि गाउँपालिकाले थप नयाँ खालका कार्यक्रम ल्याउने जनाएको छ। यार्तुङ अवलोकन गर्न मुस्ताङलगायत डोल्पा ,मनाङलगायत देश विदेशमा रहेका मुस्ताङी पुख्यौली थलो फर्कन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार