राजनीति
रमेश तमु / पोखरा देखि कास्कीको पर्यटकिय साबेत तिखेढुङ्गा सम्म बस सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिका वडा न-९ का निर्वाचित वडा सदस्य श्री नजरमान गुरुङ लगायत स्थानीय गोकर्ण खड्का र अमृत गुरुङको आफनै निजी पहलमा ३ ओटा बस सन्चालनमा आएको हो ।
कास्कीको नयाँपुल,बिरेठाटी,मातठाटी,लामदाली,बाझगरा,सुदामे,बोकिमी,साबेत,हिले,तिखेढुङ्गा,मौजा र उल्लेरीका गाउँले तथा महत्त्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा रहेको पुनहिल अबलोकन तथा भ्रमणको लागि आउने आन्तरिक तथा बाहेक पर्यटनहरुलाई लक्षित गरि बस सेवा सन्चालनमा लिएको संचालक तथा वडा सदस्य श्री नजरमान गुरुङले जानकारी दिनुभयो ।
नयाँपुलबाट बोकिमी र नेपाने सम्म जीप संचालन भएता पनि यात्रुहरुको चापलाई मध्यनजर गर्दै उक्त बस सञ्चालनमा लिएको जानकारी संचालक अमृत गुरुङले दिनुभएको छ ।
बस सेवा पृथ्वी राजमार्ग बस ब्यबसाय समितिको मात्हतमा संचालन हुने संचालक गोकर्ण खड्काले जानकारी दिनुभएको छ ।