राजनीति
पोखरा, ०९ माघ ।लेखनाथ उद्योग वाणिज्य संघले तालचोकमा यहि माघ ११ देखि २२ सम्म हुने १४ औं प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७४ को आवश्यक तयारी पूरा भएको जनाएको छ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघले तालचोकमा यहि माघ ११ देखि २२ सम्म हुने उक्त मेलाको आवाश्यक तयारी पुरा भएको जनाएको हो । महोत्सबले स्थानिय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औध्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाका साथै कृषिजन्य, हस्तकलाका सामानहरु उपभोक्ता बीच पुर्याइ व्यवसाय विस्तार एवं प्रवद्र्वनमा टेवा पुर्याउने, घरेलु एवं नयाँ प्रविधि तथा सिपको प्रदर्शनीद्वारा हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरीक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण गर्ने उद्देश राखेको महोत्सव संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिनुभयो ।
मेलामा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटीक तथा श्रीङगारका सामानहरु, विद्युतिय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकसदका सामाग्रीहरु, सुचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटक तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिबल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यश क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनि हुने जानकारी दिनुभयो ।
महोत्सबमा प्रवेशको लागि विद्यार्थीको लागि ४० र अन्यको लागि ६० रुपैयाको टिकट काट्नुपर्ने उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बताउनुभयो । मेलामा २५० को स्थायी टिकट पनि व्यवस्था गरिएको त्रिपाठीले बताउनुभयो । महोत्सबमा ३ लाख दर्शकले अवलोकन गर्ने र १५ देखि २० करोडको आर्थिक कारोबार हुने आयोजकको भनाइ छ ।
महोत्सबको कास्कीका प्रतिनिधिसभाका ३ सांसदहरुले संयुक्त रुपमा गर्ने महासचिव भरतकुमार अधिकारीले बताउनुभयो ।