logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीको लभ्लीहिल पदमार्गको निर्माण,आन्तरिक तथा बाह्य पर्यटकको भीड


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असोज ३ २०७६

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यको रूपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीय स्थल लभ्लीहिल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। हाल मात्र म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्गको निर्माण गरे सङै त्यहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजीकबाट लभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजीक्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्ली हिलसम्म पुग्न मोना–बेनी–लभ्लीहिल पदमार्ग नामकरण गरिएको पदमार्गको गत २०७५ भदौ ८ गते शिलान्यास गरिएको थियो ।

पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आईईसीले ४० र म्याग्दी उवासंघले १० प्रतिशत रकम बेहोर्ने सहमति भएको थियो ।
३९५ मिटर उकालोमा १ दशमलव ८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङ सहितको पदमार्ग बनाउन मोनाले करीब ३२ लाख आर्थिक सहयोग गर्नेछ । पदमार्गको प्रारम्भिक चरणमा ५७ लाख ८ हजार रुपैयाँ लागत अनुमान गरिए पनि ७९ लाखमा निर्माण भएको हो ।

पदमार्गसँगै लभ्लीहिलमा युद्ध स्मारिका पार्कसहित डिभिजन वन कार्यालयले वनवाटिका बनाएको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए । सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुनेगरी फलपूम्लका बिरुवाका साथै आवश्यकता अनुसार ठाउँ–ठाउँमा साना बगैंचा र विश्रामस्थल समेत बनाइएका छन् ।

बेनीको शिरमा अवस्थित लभ्लीहिलमा नगरपालिका सहित विभिन्न संघसंस्थाले आरामदायी बेन्च, गोलघर (भ्यू प्वाइन्ट), चौतारी लगायत संरचना निर्माण गरेका छन् । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धवलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको अवलोकन गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार