logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हवाई सेवामा टिकट बुकिङ खुल्ला १०% सम्म छुट, कहाँ कसरी छ टिकट अनि छुट


  • राजनीति
  • आइतबार, असोज ५ २०७६

नेपाल वायुसेवा संघले दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल(एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।

नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीहरुको उडान टिकट सम्बन्धी आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् । उक्त छुट सामान्य हवाई भाडमा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

दशैं, तिहार र छठकै लागि वायुसेवा संचालक संघले टिकटदेखि आन्तरिक उडानका सबै खाले व्यवस्थापन मिलाइसकेको संघका प्रवक्ता योगराज पौडेल शर्माले जानकारी दिए । ‘हामीले वायुसेवाको आन्तरिक उडान तर्फको संघमा आवद्ध नियमित सबै उडानहरुलाई व्यवस्थि गरिसकेका छौं ।

यात्रुको चापलाई हेरी थप उडान भर्न सक्ने गरी ६० देखि ७२ सिट क्षमताका ५ जहाज समेत तयारी अवस्थामा राखेका छौं ।’ शर्माले भने, ‘बसको टिकट बकिङ्गको अवस्थालाई हेरेर हवाई सेवामा प्रभाव पर्ने हो । बसको टिकट सकिएपछि वायुसेवामा एक्कै चोटी चाप बढ्न सक्छ ।’

शर्माका अनुसार देशका अधिकांश क्षेत्रमा सडकमार्ग पुगिसकेको अवस्थामा त्यस्तो समस्या नआउने तर कर्णालीमा भने गत वर्षहरुमा जस्तै यस वर्ष पनि समस्या आउन सक्ने जनाएका छन् । त्यसका लागि संघ पूर्वतयारी अवस्थामा रहेको उनले बताए ।

भाडा छुटको विषयमा भने, संघले दिएको १० प्रतिशत छुट बाहेक अन्य कुनै पनि छुट नदिएको शर्माले रातोपाटीसँग बताए । गत हप्तामात्र नेपाल वायुसेवा निगम(एनएसी)ले ७० वर्ष माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशतको छुट दिने घोषणा गरेको थियो ।

हाल सम्म वायुसेवा संचालक संघ, नेपालसँग नेपाल वायुसेवा निगम सहित १६ वायुसेवा प्रदायक कम्पनीहरु आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार