logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

घुम्नै पर्ने १० देश मध्य नेपाल १ नम्बरमा


  • पत्रपत्रिका
  • मंगलबार, पुष १ २०७६

“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।

“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।

फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार