logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन ४०% पाइलटले बुझाए निगमलाई राजिनामा ?


  • पत्रपत्रिका
  • शुक्रबार, माघ १० २०७६

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्।

व्यवस्थापनका कारण निगम धराशही भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका छन् ।

राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन्। स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ।

वाइडवडीका तीन र न्यारोवडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को पाइलट हुन्। आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार