logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सात तालको बाटीका शहर लेखनाथमा चैत्र २९ देखी वेगनास फिस फेष्टिभल हुने


  • राजनीति
  • शुक्रबार, चैत्र २३ २०७४

पोखरा, २३ चैत्र ।
नयाँ वर्ष २०७५ को अवसरमा सात तालको बाटीका शहर लेखनाथमा वेगनास फिस फेष्टिभल हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजना तथा वेगनासमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाहरुसंगको सहकार्यमा हुने उक्त फेष्टिभलको आवश्यक तयारी पुरा भएको महोत्सव संयोजक दामोदर भक्त थापाले जानकारी दिए ।

विहिबार वेगनासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक थापाले लेखनाथ क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्दै आन्तरीक तथा बाह्य पर्यटन पवद्र्धन गर्ने, माछा, कफि, मह, जडिबुटी लगायतको प्रचारपसार गर्ने, स्थानिय माछाहरुको संरक्षण तथा जानकारी दिने लगायतका उद्देश्यहरु फेष्टिभलले लिएको बताए ।

यहि चैत्र २९ देखी वैषाख १ गते सम्म हुने उक्त फेष्टिभलमा मोटरबोटबाट ताल शयर, माछारोग शिविर, माछा, मह,कफि, जडिबुटी प्रदर्शनी तथा विक्री, हेलिकोप्टरबाट दृश्यावलोकन, पप कन्सर्ट, हास्यव्यङ्य, लोकदोहोरी, भेषभुषा तथा झाँकी प्रर्दशनी, डुंगा दौड, माछा मार्ने प्रतियोगीता र भुराहरु छोड्ने लगायतका कार्यक्रमहरु समावेश गरिएका आयोजकले जनाएको छ ।

करिब ४० लाख बराबरको आर्थीक कारोबारको अनुमान गरिएको उक्त फेष्टिभल ७० हजार दर्शकहरुले अवलोकन गर्ने जनाईएको छ । प्रवेश निशुल्क गरिएको फेष्टिभलमा १६ लाख खर्च र १७ लाख आम्दानी गर्ने लक्ष्य राखिएको निर्देशक दुर्गा अधिकारीले जनाकारी दिए ।
फेष्टिभलले त्यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पर्यटन र स्थानिय माछाहरुको संरक्षणमा योगदान पुर्याउदै माछाको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

पोखराको फेवाताल लगायतका तालहरुमा वर्षेनी १ सय भन्दा धेरै टन माछाहरु उत्पादन हुने गरेको मत्स्य अनुसन्धान केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार