logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ


  • राजनीति
  • शुक्रबार, साउन ५ २०८०

ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिल्ली बजार मालपोत कार्यालयका पूर्वप्रमुख कालधार देउजा रहेका छन् । उनलाई शुक्रबार साँझ सिआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।

यसअघि सर्वाेच्च अदालतले पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वाेच्चले उनीहरूको रिट खारेज गरेको हो ।

सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेको थियो । तर, उनीसँग पक्राउ नगर्न सर्वोच्चले दिएको आदेश रहेको खुलेपछि प्रहरीले छोडेको थियो ।

यससँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार