राजनीति
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी एमबीबीएस पढेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद शुनिल शर्माले प्रहरीले आफुमाथि हातपात गरेको बताएका छन् ।
म्याद थपको लागि शुक्रबार सरकारी वकिलको कार्यालयमा ल्याइएका शर्माले प्रहरीको भ्यानबाट निस्किदा अभिवादन गरेर निस्किएका थिए । सोहि समयमा उनले पत्रकारहरुंसँग कुरा गर्दै आफुमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए ।
उनले भने, “म माथि प्रहरीले दुईपटक हातपात गर्यो । के अनुसन्धानका लागि हातपात गर्नुपर्ने हो ? के हातपात गर्नमिल्ने हो ?”
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले सांसद शर्मालाई बिहिवार काठमाडौंस्थित घरबाटै पक्राउ गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा हालसम्म ८ जना डाक्टर पक्राउ परिसकेका छन् । पक्राउ परेका नक्कली डाक्टरहरुमाथि लिखित किर्ते मुद्दामा अनुसन्धान हुने भएको छ ।