logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगे सीआईबी


  • राजनीति
  • सोमबार, भाद्र ४ २०८०

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा जानकारी गराउन भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन्।

उनले आफैं सीआईबी पुगेर घटनाबारे सत्यतथ्य जानकारी दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्‌को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका, सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार