राजनीति
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्रालयले मन्त्रालयमा तानेको छ ।
सुन तस्करी प्रकरणमा संलग्न भनिएका चिनियाँ नागरिक दावासँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
अधिकारी र दवाबीच चिनियाँ सामाजिक सञ्जाल वि–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो ।