logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

११ सिडिओ सरुवा, काे कहाँ पुगे ?


  • राजनीति
  • शुक्रबार, कार्तिक १७ २०८०

गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर भएको छ। सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन्।

वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्लाको सिडिओमा पठाइएको गृह मन्त्रालयले जनाएको छ।

यसैगरी, मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई खटाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार