logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आजपनि फैसला भएन सन्दिपकाे मुद्दा, बहस नाेट माग्ने तयारी


  • राजनीति
  • बिहिबार, कार्तिक २३ २०८०

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बहस नोट माग्ने विषयमा छलफल गरेपनि कुनै आदेश भने भइनसकेको एक कानून व्यवसायीले जानकारी दिए ।

‘कानून व्यवसायीले आफ्ना कुराहरु लेखेर दिएपछि चाँडो बहस सक्न सजिलो हुन्छ भन्ने हिसाबले बहस नोट माग्न खोजेको देखिन्छ’, एक कानून व्यवसायीले भने । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।

बहस नोट माग्ने आदेश भएको अवस्थामा आगामी पेशी अन्य न्यायाधीशको इजलासमा पर्ने सम्भावना पनि रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार