logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण


  • राजनीति
  • शुक्रबार, साउन १८ २०८१

कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षाफल आधा घण्टापछि वेबसाइटमा हेर्न सकिने शर्माले बताए।

‘नतिजा सार्वजनिक भएको हो। आधा घण्टापछि वेबसाइटमा हेर्न सकिन्छ,’ उनले भने, ‘५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।’

नतिजा सार्वजनिक हुनुअघि आजै बोर्डको बैठक बसेको थियो। बोर्डको बैठकलगत्तै परीक्षाफल सार्वजनिक भएको हो।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार