logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अख्तियार प्रमुख प्रेमकुमार राई विरुद्ध अख्तियारमै उजुरी


  • राजनीति
  • आइतबार, साउन १२ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई विरुद्ध अख्तियारमै उजुरी परेको छ।

युवराज पौडेल (सफल) ले आज अख्तियार प्रमुख राई नै कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगाल पुगेर मुद्दा दायर गरेका हुन् ।

प्रमुख राई नेपाल आयल निगमको जग्गा घोटाला, वाइडबढी जहाज घोटाला, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरूमा मुछिएको भन्दै उनीमाथि अनुसन्धान हुनुपर्ने भनी उनी विरुद्ध आयोगमा मुद्दा दर्ता भएको हो।

विशेष अदालतले गत साता वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित काम कारबाहीको सुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चैनपूर्वक अभियोजन भएको भने न्यायिक टिप्पणी गरेको थियो।

अदालतको सोही टिप्पणीसहित प्रमुख राईले नक्कली भुटानी प्रकरणमा समेत पहिले नै तीन करोड रुपैयाँ लिएको र राई पूर्वसचिव हुँदा नेपाल आयाल निगमको जग्गा खरिद अनियमितामा समेत मुछिएकोले उनी एक सेकेण्ड पनि प्रमुख आयुक्तको पदमा बस्न योग्य नरहेको दाबीसहित उनीविरुद्ध पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमै उजुरी दर्ता गरेका हुन् ।

“भ्रष्टाचारमा मुछिएका अदालतले समेत मुद्दा चल्नपर्ने भनी राम्रो हिसाबमा दोषी देखेका व्यक्ति प्रेमकुमार राईलाई नैतिक रूपमा एक सेकेन्ड पनि प्रमुख आयुक्तको कुर्चीमा बस्न नमिल्ने हुँदा तत्काल अख्तियार प्रमुखको आयुक्तबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गर्दछु। यदि अटेर गरेको खण्डमा आवश्यक कानुनी प्रक्रियामा गएर पदमुक्त गराउने र भ्रष्टाचार लागेका अभियोगका मुद्दाहरू अनुसन्धान गरी कारबाही समेत गराउने पनि यसै उजुरी मार्फत ध्यान आकर्षण गराउछु । अख्तियारले सो गर्दैन भने अख्तियारलाई समेत विपक्षी बनाई अन्य उपचार खोज्न समेत बाध्य हुने पनि यसै उजुरी साथ प्रष्ट पार्न चाहन्छु,” पौडेलले प्रमुख आयुक्त राई विरुद्ध अख्तियारमा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार