राजनीति
धनगढी । डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृुत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपलिका– ५ स्थित उक्कली काणे भन्ने स्थानमा चामाबाट डडेलधुरातर्फ गइरहेको से १ व ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थि र ७२ वर्षीया कलावती साउद रहेका छन् । घाइतेहरुको भने डडेलधुरा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।