राजनीति
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आज पनि युवाहरु बिहानै देखि भेला हुन थालेका छन् ।
सोमबार सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका जेनजीहरुमाथि प्रहरीले हस्तक्षेप गरी गोला चाउँदा १९ जनाको ज्यान गएको छ भने ४ सय भन्दा धेरै घाइते भएका छन् ।
साथिहरुलाई आँखै अगाडी सरकारले बर्बता पूर्वक गोली चलाएर मारेको भन्दै युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आज पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रतिपक्षी र सरकार पक्षका नेताहरुले हिजो अप्रिय घटना घटेको बताएका छन् भने सरकारको चौतर्फी आलोचना भैरहेको छ ।