राजनीति
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका– ११ खैयररमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
खयरमाराबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको यात्रु वाहक बस आज बिहा खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा पैदल यात्री बर्दिबास १० का ८० वर्षीय जुलाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर– १२ का १० वर्षीय प्रवेश खड्काको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
दुर्घटनामा बसमा सवार ४० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरू सबैको बर्दिबासस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।