logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इलाममा पहिरोमा परेर १८ जनाको मृत्यु


  • राजनीति
  • आइतबार, असोज १९ २०८२

काठमाडौं । इलामका विभिन्न स्थानमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ ।

जिल्लाको विभिन्न ६ ठाउँमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको हो । सुर्याेदय नगरपालिका– १ माने भञ्ज्याङमा मात्रै पहिरोमा परेर पाँच जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता दीपक पोखरेलले राजनीति डटकमलाई जानकारी दिए ।

त्यस्तै माङ्सेबुङ गाउँपालिका– १ पार्टी गाउँमा तीन, देउमाई नगरपालिका– ५ धारेमा एक, देउमाई नगरपालिका धुसेनीमा २, फोकफोकथुम गाउँपालिका– ३ रातामाटेमा एक, इलामा गाउँपालिका– ५ घोसगाउँका ६ जना पहिरोमा पुरिएर मृत्यु भएको प्रवक्ता पोखरेलले बताए ।

नेपाल सेनाको हेलिकप्टर उद्धारको लागि उडिसकेको र नाम्चेबुङ पालिका वडा नम्बर १ मा दुई जना गम्भीर घाइतेको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि गएको र थप उद्धार कार्य जारी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार