logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

मेयरबाट राजीनामा दिने बालेनको तयारी


  • राजनीति
  • आइतबार, पुष १३ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।

मेयर शाहले आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सात बुँदे सम्झौता गरेर फागुन २१ मा हुने निर्वाचनपछि रास्वपा संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्झौता गरेका थिए।

मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरका सबै प्रक्रिया पूरा गरी दुई साता/१५ दिनभित्र राजीनामा दिने तयारी गरेका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरिएको छ। त्यसका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार