राजनीति
काठमाडौं । काठमाडौंका पूर्व सीडीओ छवि रिजाल रिहा भएका छन् । आज बिहान पक्राउ परेका रिजाललाई प्रहरीले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो ।
रिजालसँग बुझ्नुपर्ने कागजात सबै बुझेपछि बोलाएको वा खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
प्रहरीले रिजाललाई उनका भतिजाको जिम्मामा छोडेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।
बालेन शाह नेतृत्वको नयाँ सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर सरकारले सुरक्षाकर्मीको हकमा भने कार्यदल बनाउने र त्यसको सिफारिसको आधारमा कार्य अगाडी बढाउने निर्णय गरेको थियो ।
सीडीओ जिल्ला सुरक्षा समितिको अध्यक्ष हुने भएकाले उनलाई मन्त्रीपरिषद्को निर्णयको आधारमा छोडिएको एसपी भट्टराईले बताए । यता प्रहरीले पूवर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।
ओली र लेखकलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरातमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।