logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त


  • राजनीति
  • बिहिबार, चैत्र २६ २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य निुक्त गरेको छ ।

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकार भट्टलाई नियुक्त गरेको सरकारले थप ६ सदस्य नियुक्त गरेको हो । नवनियुक्त आयोगको सदस्यमा नियुक्त हुनेहरुमा अर्जुनजंग थापा, प्रा.डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा.डा. सुजन झा र डा. पुकार मल्ल रहेका छन् ।

थापा भौतिक मन्त्रालयको सचिवबाट अवकाश प्राप्त हुन् । आचार्य अर्थशास्त्रका प्रध्यापक, गौचन विकास र योजना सम्बन्धी अध्यता हुन् । यस्तै, अर्याल शिक्षाविद्, प्रा.डा. झा इन्जिनियरिङ क्षेत्रका प्रध्यापक हुन् । मल्ल गैर सरकारी क्षेत्रका क्रियाशिल रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार