राजनीति
काठमाडौं । काठमाडौंको थापाथलिस्थित सुकुम्बासी बस्तीका स्थानीयहरु आफैले सामान सार्न थालेका छन् ।
सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानै देखि आफै सामान सार्न सुरु गरेका हुन् । प्रहरीले बिहिवार साँझ देखि नै माइकिङ गरेर बस्ती खाली गर्न निर्देशन दिएको थियो ।
सरकारको निर्णय र प्रहरीको माइकिङसँग आज डोजर चलाउने त्रासपछि उनीहरु आफैले सामान बस्तीबाट सार्न थालेका हुन् ।