logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चलाइयो डोजर


  • राजनीति
  • शनिबार, बैशाख १२ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका– ९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर लगाएर हटाइएको छ ।

खोला किनारामा अतिक्रमित गरी निर्मित संचरना र बस्ती भत्काउने सरकारको अभियान अनुसार आज गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर लगाएर हटाइएको हो ।

गैरी गाउँको सुकुम्बासी बस्तीमा पक्की संरचना पनि निर्माण गरेको देखिएको छ । सरकारले उक्त पक्की संरचनामै डोजर लगाएर हटाएको छ । बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी संयुक्त रुपमा परिचालन गरिएको थियो ।

यस अघि आजै सरकारले थापाथलिस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएर हटाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार