logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सरकारको डोजर अभियान : सुकुम्बासी बस्तीका राई बागमतीमा मृत फेला


  • राजनीति
  • शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले विशेष गरी काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर खाली गरिहँदा एक जना सुकुम्बासी बागमती नदीमा मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा अन्दाजी ६० वर्षीय इन्द्र बहादुर राई रहेका छन् । परिवारका अनुसार इन्द्र बहादुर शुक्रबार बिहान मात्रै भत्केको घर हेर्न सक्दिँन भन्दै निस्किएका थिए । बिहान त्यस्तो भनेर निस्कीएका उनी दिउँसो मृत अवस्थामा फेला परेका उनकी श्रीमती सरिता राईले जानकारी दिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने मृतक इन्द्र बहादुर राईको परिवारसँग बुझ्ने काम भैरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार