logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वाेच्चको आदेश


  • राजनीति
  • सोमबार, बैशाख २१ २०८३

काठमाडौं । सर्वाेच्च अदालतले उद्यमी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वाेच्चका न्यायायधीशद्धय महेश पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनलाई धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकृतले थुनामा राख्न अनुमति दिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरिदिएको हो ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई गत बैशाख ११ गते पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार