logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गैरकानुनी हिरासतमा सामाजिक अभियन्ता !


  • राजनीति
  • सोमबार, साउन ४ २०८३

भारतीय सामाजिक अभियन्ता सोनम वाङचुकले आफूलाई दिल्लीको सफदरजङ अस्पतालमा गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन्। सरकारले शिक्षा प्रणालीका कमजोरीबारे जिम्मेवारी स्वीकारे वा राजनीतिक तहबाट ठोस प्रतिबद्धता आए अनिश्चितकालीन भोक हडताल अन्त्य गर्ने शर्त अघि सारेका छन् ।

सामाजिक सञ्जाल एक्समा पोष्ट गरिएको हस्तलिखित पत्रमा वाङचुकले अस्पतालमा रहँदा हिँडडुल, अभिव्यक्ति र सञ्चार स्वतन्त्रतामाथि रोक लगाइएको आरोप लगाएका छन्। उनले नीट परीक्षामा बाहिरिएको प्रश्नपत्र र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राख्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा अनशन शुरु गरेका थिए ।

तर वाङचुकलाई भारतीय प्रहरीले अस्ति एकाएक उठाएर सफदरजङ अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचाररत उनले अनशन जारी राखेका छन्। आज उनी अनशन बसेको २३ औँ दिन भएको छ ।

वाङचुकले तीन शर्तमध्ये कुनै एक पूरा भए अनशन तोड्ने बताएका छन्। सरकारले शिक्षा प्रणालीका हालका असफलताको जिम्मेवारी स्वीकार गर्नुपर्ने, सांसद तथा ककरोच जनता पार्टी (सीजेपी) का नेताहरूले संसदमा यो मुद्दा उठाउने प्रतिबद्धता जनाउनुपर्ने लगायत उनका शर्त हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार