logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्यो


  • राजनीति
  • शुक्रबार, भाद्र १२ २०८३

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जनाको शव भेटिएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा सुरक्षाकर्मीलाई स्थानीयले सहयोग गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार