राजनीति
भदौ १० गते बिहान आएको लेदोसहितको भिषण बाढीमा सुरुङ्गभित्र थुनिएका दुई जनाको आज बिहान उद्धार भएको छ । माथिल्लो त्रिशुली–३‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको आज दशौं दिन उद्धार गरी उपचार थालिएको छ ।
अक्सिजन लगाएकै अवस्थामा सञ्जयले सुरुङमा धेरै कामदार फसेको हुनसक्ने बताएका छन् । टनेल दुवैतिरबाट लामो भएकाले धेरै फसेको हुनसक्ने आशंका गर्दै उनी भन्छन्,‘म कन्ट्रोल रुमबाट जुनसुकै अवस्थामा निस्किनुभएन । कन्ट्रोल रुपमा हाम्रो ड्युटी हो,एकदमै रेस्पोन्सिबिलटीका साथ । हाम्रो ग्रुपमा तीन चार जना हल्ला गरेको साथी छ, छेउछाउ, टाढाटाढामा । कुरा हुन्थ्यो अँध्यारोमा पनि । अरु धेरै नै फसेका होलान्,टनेल लामो छ दुईतिर नै ।’
,‘म कन्ट्रोल रुमबाट जुनसुकै अवस्थामा निस्किनुभएन । कन्ट्रोल रुपमा हाम्रो ड्युटी हो,एकदमै रेस्पोन्सिबिलटीका साथ । हाम्रो ग्रुपमा तीन चार जना हल्ला गरेको साथी छ, छेउछाउ, टाढाटाढामा । कुरा हुन्थ्यो अध्याँरोमा पनि । अरु धेरै नै फसेका होलान्, टनेल लामो छ दुईतिर नै ।’
सेनाको टोलीले टनेलभित्र खोजीलाई तीव्रता दिएको छ । दुई जनालाई टनेलबाट जीवितै उद्धार गरेपछि अन्य पनि जीवित हुनसक्ने आशा बलियो भएको छ । सरकारले आशा मारिसकेको अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कम्पनीका प्राविधिकहरुले टनेलको ‘इन्ट्री प्वाइन्ट’ खोजेर मान्छे निकालेका हुन् ।