राजनीति
आश गुरुङ- पोखराको रातोपहिरा स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा नेपाल पर्वतारोहण संघको आयोजनामा सोमबार देखि हुने अन्तराष्ट्रिय पर्वतीय महोत्सवको तयारी पूरा भएको छ ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मंसिर २६ गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी पूरा भएको जनकारी गराईएको हो ।

डिसेम्वर ११ तारिख अर्थात अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले यस बर्ष नेपाली धावक बैठुकण्ठ मानन्धरको नाममा एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन हाप म्याराथन आयोजना गर्ने भएकोे संघका महासचिव कुल बहादुर गुरुङले बताए ।
पाचौं संस्करणको उक्त महोत्सव प्रभावकारी बनाउन हाप म्याराथन सहितका विभिन्न खेलकुद प्रतियोगिताहरु हुने महासचिव कुल बहादुरले बताए ।
महिलाहरुको लागि १० किलोमिडर सडक दौड हुने भएको छ । पुरुष तर्फ हाप म्याराथन बिजेताले ५० हजार उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । १० किलो मिटर महिला दौडमा विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
महोत्सवमा स्टल तथा दर्शकले प्रबेश गर्दा निःशुल्क व्याबस्था गरिएको संघले जनाएको छ ।
उक्त महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च लाग्ने भएको संघले जनाएको छ ।