राजनीति
पर्यटन प्रवर्द्धन गर्न यही मंसिर २८ गते देखि पौष ९ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ ।
पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र काहुँडाँडामा पर्यटकलाई आकर्षित गर्दै काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय हिमश्रृखला लगायतका दृश्यवलोकन गर्न सकिने भएकोले सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तेश्रो संस्करणको महोत्सव आयोजना गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पोखराको महेन्द्रपुलबाट करिब ७ किलोमिटर टाडाको दुरीमा रहेको काहुँ डाँडाबाट हिमश्रृखला सहितको पोखराको मुख्य बजार, महानगरपालिकाका प्रायः सवै जसो वडाको अवलोकन गर्न सकिन्छ ।
महोत्सव मुल समारोह समितिका संयोजक दिपक प्रसाद आचार्यले जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा संचालन हुने महोत्सवमा स्थानिय कृषि उपज प्रर्दशनी, फुड फेष्टीवल, सुचना मुलकका लगायतका ८० वटा स्टलहरु रहने भएको बताए
२०६२ र २०६५ सालमा आयोजना भएको महोत्सवबाट घाटा भएको हुदा र काहुँसम्म पुग्ने सडक सहज नभएको हुदा एक दशक पछि उक्त महोत्सव आयोजना गर्न लागेको महोत्सव मुल समारोह समितिका संयोजक आचार्यले बताए ।
एन.एम.बी. बैंकको मुख्य प्रायोजनमा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा उक्त महोत्सव हुने भएको हो । महोत्सवमा ८ किलोमिटर पर्वतीय दौड प्रतियोगिता समेत हुने भएको छ । त्यस्तै पोखराको ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्ड देखि काहुँ डाँडासम्म साईक्लिङ प्रतियोगिता हुने छ।
युवाहरुलाई लक्षित गरी लाईभ म्युजिक कन्सर्ट, स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, बाल उद्यान समेत महोत्सवमा रहने भएको छ । उक्त महोत्सवमा ८० हजार दर्शकले अवलोकन गर्ने आयोजकको जनाएको छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो ।
तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा स्व.मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो ।