राजनीति
खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक भारतीय पर्यटकको मृत्यु भएको छ।
खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ।
सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए।
आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिए।
उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडौँ शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।