logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चैत्र १७ गते आइतबार तपाईंको दिन कति शुभ छ त ? हेर्नुस् आजको राशिफल


  • ज्योपं. सरोज घिमिरे
  • आइतबार, चैत्र १७ २०७५

आज १९४० बि.स. २०७५ साल चैत्र १७ गते आइतबार इश्वी सन् २०१९ मार्च ३१ तारीख चैत्र कृष्ण पक्ष एकादशी तिथी श्रवण नक्षत्र सिद्ध योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा गद योग सुर्य उत्तरायण वसन्त ऋृतु

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादन हुनेछन । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शत्रु सबल रहलान । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रिय खबर द्वारा मन प्रशन्न रहला । पारीवारिक मेल मीलाप बढ्नेछ ।् नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आँट र शाहासको बृद्यि हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ ।
आजको तपाईंको दिन शुभ रहाेस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार