logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चैत्र २० गते तपाईंको दिन कति शुभ रहनेछ ? हेर्नुस् आजको राशिफल


  • ज्योतिष सरोज घिमिरे
  • बुधबार, चैत्र २० २०७५

आज १९४० बि.स. २०७५ साल चैत्र २० गते बुधबार इश्वी सन् २०१९ अप्रिल ३ तारीख चैत्र कृष्ण पक्ष त्रयोदशी तिथी १०ः५४ बजे सम्म पश्चात चतुर्दशी तिथी पूर्वभाद्रपदा नक्षत्र शुक्ल योग वणिज करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा पद्म योग सुर्य उत्तरायण वसन्त ऋृतु पिशाच चतुर्दशी पाशाचह्रे पूजाकाे दिन ।

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिश्रमको राम्रो कदर हुने योग रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहला । खानपानको योग रहेकोछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखापर्नेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा सजग रहनु होला ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्रजनहरुको साथ सहयोगमा जटिल कार्य सम्पादित रहनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य सम्पादनको श्रेय प्राप्त रहनाले मन हर्षित रहनेछ । सामाजिक कार्यका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कार्यसम्पादनमा जटिलता उत्पन्न हुनाले धैर्यधारण गर्नु उत्तम रहनेछ । शुभचिन्तकहरु प्रतिद्वन्धि बन्नेछन । कार्यसम्पादनकाक्षेत्रमा गोपनियताको आवश्यक रहनेछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मनोरञ्जन तथा भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । आय मुलक कार्यका क्षेत्रमा लगानि गर्ने उत्तम समय रहेकोछ । जिबन साथीको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहने योग रहेकोछ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक अस्वस्थताका कारण सामान्य खर्चको सम्भाबना रहनेछ । अरुको प्रशन्नताका निम्ती अधिक परिश्रम गर्नुपर्ने समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु होला । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँट र शाहासको बृद्यि हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द

मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य आर्थिक अभाब झेल्नु पर्ला । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । तपाईंको दिन शुभ रहाेस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार