logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज चैत्र २१ गते तपाईंको दिन कति शुभ रहला त ? हेर्नुस् आजको राशिफल


  • ज्योतिष सरोज घिमिरे
  • बिहिबार, चैत्र २१ २०७५

आज १९४० बि.स. २०७५ साल चैत्र २१ गते बिहीबार इश्वी सन् २०१९ अप्रिल ४तारीख चैत्र कृष्ण पक्ष चतुर्दशी तिथी १२ः४२ बजे सम्म पश्चात औंसी तिथी उत्तरभाद्रपदा नक्षत्र ब्रह्म योग शकुनि करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा छत्र योग सुर्य उत्तरायण वसन्त ऋृतु भद्रकालीपीठमा लिङ्गो उत्थान गर्ने, दर्शश्राद्ध, निशि बार्ने औंसी ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान्यजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मनोरञ्जनका साधन खरीद बिक्रीको योग रहेकोछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मित्रजनहरुको अधिक सामिप्यता खर्चकर साबित रहनेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानिका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । प्राकृतिक श्रोतसाधनको परीचालनबाट मनग्य लाभप्राप्त गर्न सकिएला । बिशिष्ट ब्यतिहरुको अनुशरण लाभमुलक साबित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

जटिलकार्यहरु सहजतापूर्ण सम्पादनहूने समय रहेकोछ । कार्य प्रतिको लगनशिलतामा बृद्धिहुनाले कार्य सहज बन्नेछन । मान्यजनहरुको मार्गदर्शन द्वारा मान प्रतिष्ठा प्राप्तीको सम्भाबाना रहनेछ । शारीरिक आलस्यताले सताउला ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । अनायसै धनप्राप्तीले मन हर्षित तुल्याउनेछ । रोकिएर रहेका मुद्धा मामिलामा तपाईको जितहुनेछ । मित्रजनहरु प्रतिको सद्भाबमा बृद्धि हुनेछ । स्वास्थमा भने सामान्य तनाब उत्पन्न हुनेछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मित्रजनहरुको प्रशन्नताका निम्ती समय खर्चनु पर्नेछ । स्वास्थका क्षेत्रमा देखा परेको समस्या जटिल बन्नसक्ने सम्भाबना रहेकोछ । गरीरहेकाकार्यहरु सम्पादनमा झन्झट उत्पन्न हुनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुहोला ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे,

जिवनसाथिको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरता छाउनेछ । शारीरिक आलस्यताले कामकाजका क्षेत्रमा ढिलाईको सम्भाबना रहेकोछ । मान्यजनको स्वास्थमा समस्या देखा पर्नेछ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक कार्यमा अग्रशरता उत्तम साबित हुनेछ । प्रतिश्पर्दिहरु शुभ चिन्तकमा परीणत हुनेछन । प्रतिश्पर्दाजन कार्यमा समेत अब्बल स्थान प्राप्त रहनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । यात्रामा साबधानि अपनाउनु उत्तम रहनेछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययन अध्यापनका निम्ती समय उत्तम रहेकोछ । आफुभन्दा सानाको प्रशन्नताका निम्ती समय ब्यतित हुनेछ । साहित्य संगीत तथा कलाकौशलका क्षेत्रमा मन रम्नेछ । आम्दानि तथा नयाँ लगानिका क्षेत्रमा समय उत्तम रहेकोछ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम रहनेछ । पारीवारिक साथ सहयोगका साथमा कार्य प्रारम्भ गर्नु उत्तम रहनेछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

टाढाँको यात्राको सम्भाबना रहेकोछ । खराब संगतका कारण सामान्य अपजसको सामना गर्नुपर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । तपाइको कार्यमा त्रुटिदेखाउनेको सङ्ख्यामा बृद्धिहुनेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द

खानपानको योग रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । सामान्य चोटपटकको सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउनेछ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुधार रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार