आज बि.स. २०७६ साल बैशाख ९ गते सोमबार इश्वी सन् २०१९ अप्रिल २२ तारीख वैशाख कृष्ण पक्ष तृतीया तिथी १३ः५० बजे सम्म पश्चात चतुर्थी तिथी अनुराधा नक्षत्र वरियान योग भद्रा करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मानस योग सुर्य उत्तरायण वसन्त ऋतु बालाजुमा गणेश–वज्रयोगिनी यात्रा स्वामी शशिधर जन्म(जयन्ती साँखु यात्रा सकोयात पृथ्वी दिवस –
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भोज भतेरमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । आफ्न्तजन बिच सामान्य बादबिवादको सम्भावना रहेकोछ । आम्दानि मध्यम रहला । स्वास्थका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईको कार्यशैलिका कारण अपरीचित ब्यत्ति समेत प्रभाबित रहनेछन । सामान्य यात्राको योग रहनेछ । जिवन साथीको सहयोगमा अधुरा कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परोपकारीता जन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ला । खानपानमा सजग रहनु होला । नेत्र सम्बन्धी समस्याले सताउन सक्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । मित्रजनहरु बिचको भेटघाटले मन हर्षित तुल्याउनेछ । मानसिक चन्चलताका कारण अध्यन अध्यापन क्षेत्र प्रभाबित रहनेछ । आर्थीक क्षेत्रभने उत्तम रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सवारीसाधनको प्रयोगमा बिशेष सावधान रहनु होला । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्इतित रहनेछ । सामान्य अप्रिय समाचारका कारण मन चन्चल रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रजन तथा दाजुभाई हरुको सम्बन्धमा प्रगाढता छाउनेछ । बल तथा पराक्रममा बृद्धिहुने समय रहेकोछ । अध्यन अध्यापनमा समय त्यति उत्तम नरहला । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ ।
तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्तजनहरुको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहला । भोज भतेर जन्य कार्यमा सहभागीताको अवसर जुट्नेछ । वाणीमा मधुरता छाउनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ब्यापार ब्यसायमा समय मध्यम रहनेछ । नयाँ कार्यथालनीको सम्भाबना रहेकोछ । खुशिको खवर प्राप्त हुसनाले मन प्रशन्न हुन सक्नेछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाव रहन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले आर्थीक क्षेत्र समेत प्रभाबित रहन सक्नेछ । शत्रूपक्ष सवल रहलान । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । आफन्तजनहरु बिच सामान्य मनमुटाबको सम्भाबना रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । आर्यआर्जनका निम्ती बिभिन्न श्रोतहरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा नयाँ कार्य हरु सन्चालन हुनेछन ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सभासम्मेलनजन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य कार्य सम्पादन गर्न अधिक समय ब्यतित गर्नु पर्ने योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्थानतरणको सम्भावना रहेकोछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्य जनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आम्दानिका श्रोतहरु प्रशस्त प्राप्त रहनेछन । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तित्व हरुलाई प्राप्त रहनाले मन संकुचित रहनेछ ।