आज बि.स. २०७६ साल बैशाख ११ गते बुधबार इश्वी सन् २०१९ अप्रिल २४ तारीख वैशाख कृष्ण पक्ष पञ्चमी तिथी १४ः०२ बजे सम्म पश्चात षष्ठी तिथी मूल नक्षत्र शिव योग गर करण चन्द्रमा धन राशिमा आनन्दादि योगमा ध्वज योग सुर्य उत्तरायण वसन्त ऋतु लोकतन्त्र दिवस
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक क्षेत्रको सामान्य यात्रा रहनाले मनमा हर्ष हुने योग रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । दिन मध्यम रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ सम्बन्धि समस्या ले सताउला तथा सामान्य चोट पटकको योग रहेको छ । खानपानमा बिशेष ध्यान दिनुहोला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सजग रहनु होला । समय मध्यम रहेको छ । प्रेम सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य खर्च हुने योग रहेको छ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सजग रहनु होला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रममा बृद्यि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । दिन मध्यम रहला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको तपाई लगानि भोलि लाई बिशेष फाइदा जनक रहनेछ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । समय राम्रो रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मन प्रशन्न रहला । काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । समय मध्यम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आय आम्दानि क्षेत्रमा बिशेष राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य यात्रा रहन सक्छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा मिल्ने छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ ।