logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज बैसाख २५ गतेकाे राशिफल, कुन राशि कति शुभ हेर्नुस्


  • ज्योपं. सरोज घिमिरे
  • बुधबार, बैशाख २५ २०७६

आज बि.स. २०७६ साल बैशाख २५ गते बुधबार इश्वी सन् २०१९ मे ८ तारीख वैशाख शुक्लपक्ष चतुर्थी तिथी मृगशिरा नक्षत्र सुकर्मा योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग सुर्य उत्तरायण वसन्त ऋतु ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ विश्व रेडक्रस दिवस

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजनहरुको साथ सहयोगमा कमि महसुस हुनेछ । बल तथा पराक्रममा बृद्धि हुनेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । कुराकाट्ने ब्यक्ति हरुबाट भने सजग रहनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शारिरीक अस्बस्थाका कारण कार्य सम्पादनमा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

। बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्यामा राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार