आज बि.स. २०७६ साल ज्येष्ठ १५ गते बुधबार इश्वी सन् २०१९ मे २९ तारीख ज्येष्ठ कृष्णपक्ष दशमी तिथी उत्तरभाद्रपदा नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा लुम्ब योग सुर्य उत्तरायण ग्रीष्म ऋतु गणतन्त्र दिवस ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।
तुलाराशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला ।