logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार ३१ गतेकाे राशिफल हेर्नुस कुन राशिलाई कति शुभ ?


  • राजनीति
  • मंगलबार, असार ३१ २०७६

आज बि.स. २०७६ साल असार ३१ गते मंगलबार इश्वी सन् २०१९ जुलाई १६ तारीख आषाढ शुक्लपक्ष पूर्णिमा तिथी पूर्वाषाढा नक्षत्र वैधृति योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग सुर्य उत्तरायण ग्रीष्म ऋतु गुरुपूर्णिमा, पूर्णिमा व्रत, गुरु व्यास पूजा ,दक्षिणामूर्ति पूजा, मन्वादि ,दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ ,भक्तपुरमा वीरनदी स्नान २५ः४६ देखि २८ः४५ बजेसम्म खण्डग्रास चन्द्रग्रहण। आषाढ मसान्त
।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । चीसो सम्बन्धि समस्या ले सताउन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । चन्द्रग्रहणफल मानसम्मानमा ठेस पुग्नेछ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । मालसामान हराउन सक्ला । चन्द्रग्रहणफल शारिरीक कष्ट ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । चन्द्रग्रहणफल स्त्रीपीडा ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । चन्द्रग्रहणफल शुख प्राप्ती ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । चन्द्रग्रहणफल मानसिक चिन्ता ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । चन्द्रग्रहणफल शारिरीक ब्यथा ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ । चन्द्रग्रहणफल श्रीप्राप्ती ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । चन्द्रग्रहणफल सामान्य क्षति ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । चन्द्रग्रहणफल सामान्य चोटपटक ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । चन्द्रग्रहणफल आर्थिक अभाब ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । चन्द्रग्रहणफल धन प्राप्ती ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । चन्द्रग्रहणफल सुख प्राप्ती ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार