logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फागुन ८ गतेकाे राशिफल


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रशासनिक क्षेत्रमा तपाईको वर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आसा पलाउनेछ। प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । साझबाट समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घर परिवार तथा आफन्तहरुमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धि विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइकाे सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरु पुरा गर्न सकिनेछ । साझको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाव बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगिीमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरण स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साझबाट समय राम्रो रहेकोले प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइँदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । साझपख लामो दुरिको यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार