logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

मंगल ग्रहमा ठूलो खाल्डोमा हिउँ भेटे, यो नै सबभन्दा ठूलो हिउँ खाल्डो


  • राजनीति
  • आइतबार, पुष ८ २०७५

काठमाडौं –  मंगल ग्रहमा ठूलो खाल्डोमा हिउँ भेटेको छ ।युरोपेली अन्तरिक्ष नियोगको मंगल एक्सप्रेस मिसनले हिउँले भरिएको खाल्डोको तस्वीर पनि जारी गरिएको छ ।

वैज्ञानिकहरूले अर्को ग्रहमा अहिलेसम्म भेटिएको यो नै सबभन्दा ठूलो हिउँ खाल्डो भएको बताएका छन् ।पन्ध्र वर्षअघि प्रक्षेपण गरिएको मार्स एक्सप्रेसले मंगल ग्रहमा हिउँ र हिमनदीको खोजको तस्वीर प्रायः जारी गरिरहेको हुन्छ ।

यो खाल्डो कोरोलोभ क्रेटरको गहिराइ ५९ सय ५ फीट मानिएको छ । यसमा वर्षैभरि हिउँ हुने अनुमान छ ।तापक्रम बढ्दा हावा चल्नुका साथै सतहमा केही हलचल भए पनि हिउँ वर्षभरि नै खाल्डोमा भरिएर बस्ने वैज्ञानिकहरूको अनुमान छ ।

यसै वर्ष मंगल ग्रहमा चट्टान, पानी, हिउँ र हावाका कारण उबडखाबड सतह देखिएको पुष्टि वैज्ञानिकहरूले गरेका थिए अन्तरिक्ष अभियानका जानकारहरूले मंगल ग्रहमा केही समययता हलचल भएको बताएका छन् ।मंगल ग्रह दुई गोलार्धमा विभाजित छ । मंगलको उत्तरी गोलार्ध दक्षिणी भागको तुलनामा केही तल रहेको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार