राजनीति
एजेन्सी- एप्पलले आइफोन ११ मा लामो दुरीसम्म फोटो खिच्न सकिने थ्रीडी क्यामेरा जडान गर्ने भएको छ।ब्लुमबर्गक्विन्टका अनुसार एप्पलले आइफोनमा सन् २०२० सम्ममा फाइभजी प्रविधि पनि जडान गरिसक्नेछ।
ग्राहकको माग बढेपछि सन् २०१९ भित्रै एप्पलले आइफोनमा लामो दुरीको क्षमता भएको थ्रीडी क्यामेरा जडान गर्ने भएको हो।
ब्लुमबर्गले सोनी फोनले समेत एप्पलकोजस्तै गुणस्तरीय क्यामरा प्रविधि जोड्न लागेको जनाएको छ। विशेषगरी आइफोन ११ मा जडान हुने भनिएको नयाँ क्यामेरा चिप्सले मोबाइलको फोटोग्राफी, गेमिङलाई मजबुत बनाउने विश्वास गरिएको छ।
गत नोभेम्बरमा फास्ट कम्पनीले एप्पलको नयाँ योजना बारे सूचना दिएको थियो। आइफोनमा सन् २०२० सम्म फाइभजी प्रविधि जडान हुनेछ।
आइफोनले इन्टेल कम्पनीको ८१६१ फाइभजी मोडेम चिप प्रयोग गर्नेछ। आइफोनसँगै सामसुङ, हुवावे, वन प्लसजस्ता फोनहरुले समेत आगामी वर्षसम्ममा फाइजी प्रविधि जडान गरिसक्नेछ।