राजनीति
विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र सामसुङबीच सहकार्य भएको छ। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकी कम्पनी एप्पलको ‘आइ ट्यून’ सफ्टवेर आफ्नो उपकरणमा उपलब्ध गराउने भएको हो।
अब सामसुङको स्मार्ट टिभीमै आइ ट्यून फिचर जोडिएर आउनेछन्।
अमेरिकाको लास भेगासमा सामसुङका कार्यकारी डेभ दासले सिइएस टेक कार्यक्रममा एप्पलको आइ ट्यून सामसुङमा उपलब्ध हुने घोषणा गरेका हुन्।
सन् २०१८ यता बनेका सामसुङ उपकरणमा मात्र यो सुविधा प्राप्त हुनेछ।
विश्लेषकहरुले यस रणनीतिक कार्यबाट दुवै कम्पनीलाई फाइदा पुग्ने बताएका छन्। एजेन्सी