राजनीति
आश तमु पोखरा- के तपाई कुनै सस्थाको लोकेशन खोज्दै हुनुहुन्छ? कि तपाई किनै संस्थाको लोकेशन पत्ता लगाउन नसकेर हैरानीमा हुनुहुन्छ? यदि तपाई संस्था खोजी गर्दै हुनुहुन्छ वा खोजी गरेको संस्थाको नाम लोकेशन समपर्क नम्बर कार्य विवरण पत्ता लगाउन नसकेर हैरानीमा हुनुहुन्छ भने अव चिन्ता नलिनु होस ।अब पोखरामा यस्ता सबै समस्याको समाधान तपाइले एक क्लिकमा नै पाउनु हुनेछ।
यानिकी www.infobaazaar.com मा तपाईले चाहेको होटल सस्था कुनै पनि ठाउको लोकेशन विवरण पाउनु हुनेछ।विगत थुप्रै बर्ष देखी नेपालमै बेरोजगार युवाहरुलाई रोजागार प्रदान गर्दै आएको सन्ध्या कन्सलटेन्सी प्रालिले पोखरा केन्द्रीत गरेर सवै स्थान संस्था र त्यसको जनकारी विवरण बारे प्रयोगकर्तालाई केन्द्रीत गरेर infobaazaar.comको आज पोखरामा शुभारम्भ गरेका छन। पोखराको बुद्द चोक कार्यालयमा आज एक कार्यक्रममा वीच युनाइटेड क्लवका नि अध्यक्ष सुक ब तमु,वार्तमान अध्यक्ष लालकाजी तमु र उपाध्यक्ष राजु श्रेष्ठले केक काटेर साइटको शुभारम्भ गरेका हुन।
कार्यक्रमको शुभाराम्भ गर्दै सन्ध्या कन्सलटेन्सीका प्रवन्धक निर्देशक पुर्ण ब श्रेष्ठले पोखरामा भएका सस्थाहरुको बिबरण लोकेशन पत्ता लगाउन कल सेन्टर जस्ता सेवा प्रदाएकमा बुज्दा पनि पुर्ण रुपमा एक्जाक्ट लोकेशन पाउन नसकेको भन्दै infobaazaar.comमा सस्थाको स्थान लोकेशन(म्याप सहित}र अन्य जानकारी पनि हेर्न सकिने हुदा पोखरामा आएका आन्तरिक वाह्य पर्यटक देखी लिएर स्थानीयलाई पनि सजिलो हुने बताए।अहिले पोखरा केन्द्रीत रहेको यो योजना आगामी दिनमा गण्डक प्रदेश हुदै नेपालभरीनै सेवा प्रदान गर्ने श्रेष्ठले बताए।
आईटी म्यानेजमेन्ट स्वेता श्रेष्ठले प्रयोग कर्ताले यो सेवा निशुल्क रुपमा प्रयोग गर्न पाउने बताए। साइटको बारेमा जानकारी दिदै श्रेष्ठले भनी पर्योग कर्ताले कुनै पनि स्थानको ठाउँ खोज्न गूगल म्यापको प्रयोग गरेका हुन्छन तर आफुले चाहेको सस्थाहरु पुरै बिबरण भने पाउदैन त्यसैको समस्याको समाधानको लागी यो साइटको सुरुवात गरेको बताइन।प्रयोगकर्ताले यो साइट प्रयोग गर्दा आफुले खोजेको सस्था लोकेशन र त्यसको पुर्ण बिबरण डाटाहरु यसै भित्र पाउने गरी यो साइटको डिजाइन गरेको बताइन।यो प्रयोग कर्ताले निशुल्क प्रयोग गर्न मिले पनि भित्र प्राप्त हुने सस्थाको डाटा बिबरण राख्दा सस्थाले भने साइट आउनरलाई निश्चीत शुल्क बुजाउनु पर्ने उनले बताईन।