राजनीति
तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समे हुने गर्दछ, यसले गर्दा मोबाइल प्रयोग कर्ताहरुलाई रिस पनि उठ्छ, तर के गर्नु यति महँगो मोबाइल कसरि ठेचारेरा फाल्नु। अनि मोबाइल पसलमा गैर देखाउनु हुन्छ, पसलेले केहि पैसा लिएर ठिक पारिदिन्छ । यदि तपाईपनि यस्तै समस्याले ग्रसित हुनुहुन्छ भने खुशी हुनुहोस ।
यस्तै समस्याहरुलाई हल गर्नको लागी टेक गुरु हरि गुरुङ ले निम्न लिखित टिप्सहरु दिनुभएको छ । यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।
फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको अबोउत् फोने लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि बुइल्द् नुम्बेर् लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।
यसरि बुइल्द् नुम्बेर् लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने डेवेलोपेर् मोदे अन हुन्छ ।अब ब्याक जानुहोस र अघिको अबोउत् फोने लेखिएको अप्सन भन्दा माथि डेवेलोपेर् मोदे भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस डेवेलोपेर् मोदे अप्सनमा क्लिक गर्नुहोस ।

जब तपाइले डेवेलोपेर् मोदे मा क्लिक गर्नुहुन्छ । त्यसपछि धेरै अप्सनहरु भएको अर्को स्क्रिन देख्नुहुनेछ । अब त्यसमा अनिमतोर् दुरतिओन् स्कले भन्ने अप्सन देख्नुहुन्छ । त्यस अप्सन(अनिमतोर् दुरतिओन् स्कले) मा क्लिक गरि सबैभन्दा कम नम्बरमा क्लिक गर्नुहोस अथावा अनिमतिओन् इस् ओफ्फ्। भन्ने अप्सनामा क्लिक गर्नुहोस ।
यस्तो गर्नाले तपाइको मोबाइल फोनको स्पिड बढ्नेछ । र मोबाइलको पर्फर्मेन्सम कुनै समस्या आउनेछैन र कहिल्यै ह्यांग पनि हुनेछैन । यस्तै अन्य जानकारीहरु थाह पाउनको लागी हाम्रो फेसबुक पेज लाईक गर्नुहोस र नयाँ नयाँ जानकारी हरु प्राप्त गर्नुहोस ।
डेवेलोपेर् मोदे इनेबल गर्ने तरिकाहरु मोबाइलको कम्पनि अनुसार फरक फरक हुनसक्छ, जुन तल दिइएको छ
Stock Android: Settings > About phone > Build number
Samsung Galaxy S5: Settings > About device > Build number
LG G3: Settings > About phone > Software information > Build number
HTC One (M8): Settings > About > Software information > More > Build number
Donnepal, साभार ।